सानदार ब्याटिङसँगै वेस्ट इन्डिजको सहज जित

१२ असार ७८, आइतबार

१३ असार, विराटनगर ।
दक्षिण अफ्रिका भ्रमणमा रहेको वेस्टइन्डिजले पहिलो टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।

Advertisement

शनिबार राति भएको खेलमा वेष्टइन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो। पाँच खेलको टी–२० सिरिजको पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो।

जवाफमा वेष्टइन्डिजले ३० बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। वेस्टइन्डिजका लागि इभान लेविसले ७१ रनको योगदान दिए।

Advertisement

३५ बल खेलेका लेविसले ७ छक्का र ४ चौकाको विस्फोटक इनिङ, खेले। त्यस्तै क्रिस गेल ३२ तथा आन्द्रे रसेल २३ रनमा अविजित रहे।

यसअघि पिहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले रसि भान डर डुसेनको ५६ रनको अर्धसतकीय इनिङमा १६० रन बनाएको थियो। यसअघि भएको दुई खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top