बाइडेन र इजरायली राष्ट्रपतिबीच फोनवार्ता

१५ असार ७८, मंगलबार
Share this
718shares

१५ असार, एजेन्सी ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग वार्ता गरेका हुन् । उनीहरुबीच अमेरिका र इजरायलबीचको द्धिपक्षीय हितका साथै अन्य कूटनीतिक विषयहरुमा कुराकानी भएको बताइएको छ ।

हाल इजरायलका राष्ट्रपति रिभलिन अमेरिकाको भ्रमणमा रहेका छन् । सो भेटका क्रममा उनीहरुबीचमा इरानका विषयमा पनि कुरा भएको थियो । इरानले कुनै पनि हालतमा आणविक हतियार नपाउने विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली राष्ट्रपतिलाई सुनिश्चित गराएका थिए।

Advertisement

त्यस भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटलाई छिट्टै नै अमेरिका भ्रमणका लागि आमन्त्रण गर्ने जानकारी पनि दिएका थिए । त्यस क्रममा उनले यस क्षेत्रमा इजरायलको अरु देशहरुसँगको सम्बन्धलाई सामान्य बनाउने विषयमा पनि कुराकानी गरेका थिए । अमेरिकाले सो कार्यका लागि इजरायललाई सहयोग गर्ने पनि बताएका थिए ।

उनको आगामी महिना राष्ट्रपति पदको कार्यकाल सकिन लागेको छ । त्यस अगावै उनी अहिले अमेरिकाको भ्रमणमा रहेका छन् । इजरायलमा राष्ट्रपतिको पद आलंकारिक रहन्छ । त्यहाँ राष्ट्रपतिको कार्यकारी अधिकार थोरै मात्र रहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top