×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

‘रोटरी मुसहर नमूना बस्ती’ हस्तान्तरण

१७ असार २०७५

चितवन, असार १७

चितवनको रत्ननगर नगरपालिका–७ सिसवारमा निर्माण भएको ‘रोटरी मुसहर नमूना बस्ती’ शनिबार हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ निर्माण गरिएको हो ।

Advertisement
Advertisement

गएको माघ १२ गतेबाट उक्त बस्ती निर्माण शुरु भएको थियो । घर निर्माण भए पनि अन्य बगैँचा र सामुदायिक भवन निर्माणको काम भने बाँकी नै छ । बस्ती हस्तान्तरण कार्यक्रममा रोटरियन अनिलकुमार थपलियाले राहत वितरणका लागि आउँदा ओत लाग्ने ठाउँ नभएको देखेपछि अभियान चलाएर बस्ती निर्माण गरिएको बताए ।

रु ५८ लाख ३४ हजार लागतमा निर्माण भएको नमूना बस्तीको आधा खर्च भने हस्तबहादुर भट्टराई प्रतिष्ठानले बेहोरेको निर्माण समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अन्य विभिन्न संघसंस्था, रोटरियन र नगरपालिकाबाट पनि सहयोग प्राप्त भएको छ ।

अझै सो क्षेत्रमा आउने बाटो निर्माणका लागि आधा रकम बेहोर्ने प्रतिष्ठानका अध्यक्ष रामकुमार भट्टराईले बताए ।पहिलो चरणमा १२ परिवारका लागि घर निर्माण भएको छ । पुन १२ घर निर्माण गर्ने योजना रोटरीको छ । एउटा घरमा भान्सासहित तीनवटा कोठा र शौचालय बनाइएको छ । बाल उद्यान, सामुदायिक भवनसमेत निर्माण गरिने र हरेक घरका लागि एक एक वटा ट्यूवबेल निर्माण गरिएको छ ।

चितवनको सौराहा नजिकै रत्ननगर–७ मा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाइएको हो । बस्ती हस्तान्तरणमा मुसहर आफ्नो पोषाकमा सजिएर खुशी मनाएका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चेपाङ र मुसहरलाई स्नातकोत्तरसम्म पढ्नका लागि नगरपालिकाले सहयोग गर्ने जानकारी दिए ।

मुसहर बस्तीकी अगुवा भगवन्ती मुसहरले एउटै घरमा दुई तीन परिवार बस्न बाध्य भएको अवस्थामा घर निर्माण भएपछि सहज भएको बताइन् ।
रासस

Advertisement

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top