×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

नोबेलमा मुटुका बिरामीको भीड

१७ असार २०७५

बिराटनगर, असार १७
विराटनगर स्थित नोबेल शिक्षण अस्पतालको मुटु बिभागमा पछिल्लो समय बिरामीको अत्याधिक चाप बढेको छ । सहुलियत दरमा स्तरीय उपचार पाएका कारण बिरामीको संख्या बृद्धि भएको नोबेल मुटु बिभागले जनाएको छ । केहि बर्षअघिसम्म बार्षिक करिव ६ हजार बिरामी आउने गरेको मुटु बिभागमा अहिले मासिक ३ हजार भन्दा बढी बिरामी आउने गरेका छन् ।

दैनिक करिव दुई हजार बिरामीको उपचार गर्दै आएको नोबेल अस्पतालमा १ सय भन्दा बढी मुटु रोगीले दैनिक उपचार गराउने गरेको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपाल बताउँछन् । ‘नोबेलमा आउँने मुटु रोगीको संख्या क्रमिक रुपमा बढ्दै गएको छ ।’ डा. नेपाल भन्छन् ‘स्तरीय उपचार पाएपछि बिरामीको संख्या बढेको हो ।’

Advertisement
Advertisement

नोबेलमा ह्दयघात, मुटुको वाथ रोग, मुटुको चाल गढबढी, उच्च रक्तचाप र मुटु कमजोर भएर पीडा झेल्दै आएका बिरामीहरु बढी मात्रामा आउने गरेका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा, ईलाम, पाँचथर, ताप्लेजुङ लगायत पूर्वी नेपालका बिरामी नोबेलमा बढी मात्रामा आउँछन् । छिमेकी देश भारतका बिभिन्न स्थानबाट पनि मुटु रोगको उपचारका लागि बिरामीहरु आउँने गरेको नोबेल अस्पतालले जनाएको छ ।

२०६१ सालबाट सुरु भएको नोबेल अस्पतालमा करिव तीन बर्ष अघिबाट मुटु रोगको उपचार थालिएको हो । सुरुवाती चरणमा मासिक करिव ५ सय बिरामीको उपचार गर्ने गरिएको थियो । तर, पछिल्लो समय मुटु रोगीको संख्या ह्वातै बढेको हो । सुरुवाती चरणको तुलनामा अहिले करिव ६ गुणाले मुटु रोगीको संख्या बृद्धि भएको नोबेल अस्पतालको बिरामी रेकर्डले देखाउँछ ।

नोबेलले मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेपछि बिरामीको थप आकर्षण बढेको हो । बिपन्न नागरिक औषधि उपचार कोषमार्फत मुटु रोगको उपचारमा एक लाखसम्मको सहुलियत दिने गरिएकाले पनि उपचारका लागि नोबेल आउने गरेको बिरामीहरु बताउँछन् ।

Advertisement

सहुलियतसँगै गुणस्तरीय उपचार पाउँने भएकाले नोबेल आउने गरेको बिरामी र बिरामीका आफन्तहरुको भनाई छ । उपचार सेवामा स्तरीयता बढाउँदै लगेको नोबेल अस्पतालले यसअघि २ अर्व ४० करोडको लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेर जटिल रोगको पनि सहजै उपचार गर्दै आएकाले न्यूरोमा पनि बिरामीको अत्याधिक चाप छ । बरामीलाई सहुलियत दरमै स्तरीय उपचार दिलाउँने उद्धेश्यले आवश्यकता अनुसार सेवामा स्तरीयता बढाउँदै लगिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top