×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण जित हात पार्दै फ्रान्स क्वार्टरफाइनलमा

१७ असार २०७५

विराटनगर ः लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । केलिन एमबाप्पे चम्किएपछि पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले अर्जेन्टिनाविरुद्ध ४–३ को शानदार जित हासिल गरेको हो ।

फ्रान्सविरुद्ध मुख्य गरी अर्जेन्टिनाको रक्षापंक्ति निक्कै कमजोर देखियो । गाब्रियल मार्काडो, मार्कोस रोहो, निकोलास ओटामेण्डी फ्रान्सविरुद्धको कठिन परीक्षामा खरो उत्रन सकेनन् । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले पनि आजको खेलमा प्रभाव जमाउन सकेनन् ।

Advertisement
Advertisement

सन् २००६ देखिका चारै विश्वकप खेलेका मेस्सीले नकआउट चरणमा गोल गर्न सकेका छैनन् । सम्भवतः अर्को विश्वकपसम्ममा उनी अर्जे्न्टिनी टोलीमा हुने छैनन् । यद्यपि उनले आजका दुई गोलका लागि बल उपलब्ध गराएका थिए । रुसको काजान एरिनामा फ्रान्सले खेलको १३औं मिनेटमै अग्रता लिएको थियो ।

अर्जे्न्टिनाका डिफेण्डर मार्कोस रोहोले फ्रान्सका केलिन एमबाप्पेलाई डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । जसलाई एन्टोइन ग्रिजम्यानले गोलमा परिणत गरेका थिए । तर, ४१औं मिनेटमा अर्जे्न्टिनी स्ट्राइकर एन्जेल डी मारियाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको शट आकर्षक गोलमा परिणत भएपछि अर्जे्न्टिना खेलमा फर्कियो ।

पहिलो हाफमा एकएक गोलको बराबरी भए पनि दोस्रो हाफको सुरुमै अर्जे्न्टिनाले अग्रता लियो । लियोनल मेस्सीको पासमा गाब्रियल मार्काडोले गोल गरेपछि २–१ को अग्रता बनाएको अर्जे्न्टिनाले त्यसलाई जोगाउन सकेन र त्यसपछि लगातार गोल खान पुग्यो । ५७औं मिनेटमा लुकास हर्नाण्डेजको पासमा बेञ्जामिन पाभार्डले बराबरी गोल फर्काए ।

Advertisement
Advertisement

त्यसपछि ६४औं र ६८औं विश्वकै महंगा किशोर खेलाडी केलिन एमबाप्पेले गोल गरे । त्यसयता इन्ज्यूरी समयमा लियोनल मेस्सीको पासमा सर्जियो अग्युइरोले गोल गरे पनि ढिला भइसकेको थियो । फ्रान्सले अब क्वार्टरफाइनलमा उरुग्वेसँग खेल्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top