सिंहदरबारमा एमाले कार्यदलको बैठक चलिरहँदा प्रचण्ड-नेपाल कोटेश्वरमा

२१ असार ७८, मंगलबार

२२ असार, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्ड सीधै कोटेश्वरस्थित नेपाल निवासमा पुगेका हुन् । हाल दुई नेताबीच छलफल जारी रहेको स्रोतले बताएको छ ।

यता, पार्टीको आन्तरिक विवाद समाधानका लागि नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ । एमालेको विवाद सकारात्मक दिशामा अघि बढेका बेला प्रचण्ड–नेपालको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको नेपाल पक्षले विपक्षी गठबन्धनलाई साथ दिएको छ । नेपाली प्रतिनिधिसभा विघटन र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेपाल पक्षका २३ जना प्रतिनिधि सभा सदस्यले सर्वोच्च अदालतमा रिट दिएका छन् । उक्त रिटको सुनुवाई सकिएर असार २८ गते फैसला आउँदैछ ।

ओली पक्षले नेपाल पक्षसँग उक्त रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ भने नेपाल पक्षले भने एमालेको पार्टी कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्थ अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top