देउवा आज पाँचौँ पटक प्रधानमन्त्री नियुक्त हुँदै

देउवा आज पाँचौँ पटक प्रधानमन्त्री नियुक्त हुँदै

२९ असार, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेशअनुसार देउवा प्रधानमन्त्री बन्न लागेका हुन् ।

सोमबार सर्वोच्चले मंगलबार दिउँसो ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो ।

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने पनि तयारी गरेका छन् । विपक्षी गठबन्धनमा आबद्ध दलहरुका नेताहरुलाई समेटेर उनले मन्त्रिपरिषद् बनाउन लागेको बुढानिलकण्ठ स्रोतले बतायो ।

सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको हो । मन्त्री बन्नेहरुको नाम ‘लिस्ट’ तयारी गर्न मंगलबार बिहान पनि बैठक बस्दैछ ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.