एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष नजाने

१ साउन, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । शुक्रबार नै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

Advertisement

​बैठकमा आउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदलाई पनि सूचना पठाइएको छ । तर, एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको नेपाल पक्षका नेताहरुले बताएका छन् ।

स्थायी कमिटी बैठकमा पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ । सरकारले साउन ३ गतेका लागि संसद अधिवेशन आह्वान गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top