सेवा शर्तसम्बन्धी विधेयकबारे जानकारी

सेवा शर्तसम्बन्धी विधेयकबारे जानकारी

काठमाडौँ, असार १८

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराइयो ।

संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे पनि सदनलाई जानकारी दिइयो ।

प्रतिनिसभाका सचिव गोपालनाथ योगीले उक्त विधेयकमा समेटिएका विषयबस्तुबारे सदनलाई जानकारी गराएका थिए। ती दुबै विधेयक राष्ट्रियसभाले आजै सर्वसम्मतरुपमा पारित गरेको थियो ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.