आलमले त्यागे मन्त्री पण्डितको स्वकीय सचिव, पार्टी तथा संगठनमा काम गर्ने भनाई

आलमले त्यागे मन्त्री पण्डितको स्वकीय सचिव, पार्टी तथा संगठनमा काम गर्ने भनाई

विराटनगर,असार १९
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव रहेका वसिम आलमले आफ्नो जिम्मेवारी सुम्पिएका छन् ।उनले यस अघि स्वकीय अधिकृत रहेका मनोज राईलाइ आफ्नो स्वकीय सचिवको जिम्मेवारी सुम्पिएका हुन् ।

मन्त्री लालबाबु पण्डितले सोमबार मन्त्रालयमा आलमलाई विदाई गर्नुका साथै स्वकीय अधिकृत मनोज राईलाई स्वकीय सचिव नियुक्त गरेका छन् । अनेरास्ववियुका केन्द्रिय सचिव तथा मोरङ एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका आलमले पार्टी तथा संगठनको कामका लागि स्वकीय सचिवको जिम्मेवारी त्यागेको बताए । उनले जिल्लाको विकास निर्माणमा समन्वय गर्ने तथा पार्टी र संगठनको कामका लागि आफुले स्वकिय सचिवको जिम्मेवारी छाडेको बताए ।

मन्त्री पण्डितले क्षेत्रको विसका निर्माणमा समन्वय तथा अनेरास्ववियुको जिम्मेवारी समेत वहन गर्ने गरि आलमलाई पठाइएको बताए ।चुनावमा काँग्रेस नेता शेखर कोइरालासँग लडेको मन्त्री पण्डितको चुनावी कमाण्ड समेत गरेका आलम, पण्डित यस अघि सामान्य प्रशासन मन्त्री हुँदा पनि स्वकीय सचिवको जिम्मेवारीमा थिए । उनी राजनीतिको क्षेत्रमा एक परिचित युवा राजनीतिज्ञ हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.