पानीको बहाव बढेपछि महाकाली पुलमा सवारीसाधनलाई रोक

१९ असार ७५, मंगलबार
Share this
680shares

कञ्चनपुर, असार  १९

Advertisement

महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ । नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो । आज बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एकलाख ४४ हजार ८७० क्युसेक पुगेको छ । नदीमा पानीको बहाव ८० हजार क्युसेकभन्दा बढी पुगेमा पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।

पुल पुरानो र जीर्ण भएका कारण भारतीय पक्षले पानीको बहाव बढेमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ । नदीमा पानीको बहाव घटने प्रतिक्षामा सवारीसाधन पुल वारी र पारी लाम लागेर बसेका छन् । पुलमा साइकल, मोटरसाइकल र पैदलयात्रुका लागि भने आवागमन खुला गरिएको छ ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top