शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल : सभामुख सापकोटा

शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल : सभामुख सापकोटा

३ साउन, काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल भएको बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा उहाँले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एक पटक फेरि असफल भएको उल्लेख गरे । साथै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको समेत उनको भनाई छ ।

सभामुख सापकोटाले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वाेच्च अदालतप्रति आभार प्रकट गरे ।

उनले प्रतिनिधि सभाको पुनर्स्थापनासँगै राजनीतिक स्थिरता र समृद्धिको चाहनालाई सम्बोधन गर्ने लक्ष्यमा दत्तचित्त हुन सबैलाई प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.