चार दिनअघि ज्वालामुखी विस्फोट भएकाे बालीको आकाश अझै खुलेन

१८ असार ७५, मंगलबार

डेनपासार, असार १९

Advertisement

इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय द्वीप बालीमा चार दिनअघि शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि आजसम्म पनि आकाश खुलेको छैन । उक्त ज्वालामुखीका कारण निस्किएको लाभाका कारण र धुवाँ र धुलोबाट वातावरण धमिएको छ । यसरी अकाश अझै खुल्न नसक्दा हजारौँ पर्यटक अलपत्र परेका छन् ।

बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचार आउने गर्दछन् । गएको शुक्रबार ज्वालामुखी विस्फोट भएपछि आकाशमा निकै बाक्लो तुवाँलो देखिएको छ । तुवाँलोका कारण बालीको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा उडानहरु नियमित हुन सकिरहेका छैन ।

Advertisement

दिनमा कैयाैँ उडान रद्द गरिएको छ । विमानस्थल बन्द हुँदा पर्यटकहरु अलपत्र परेका बताइएको छ । बालीमा ज्वालामुखी विस्फोटको समाचारका कारण उनीहरु पनि त्रासमा रहेका बताइन्छ । आकाश पूर्ण रुपमा नखुल्दासम्म उडान सुचारु गर्न नसकिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले सफल उडानका लागि ‘भिजिबिलीटी’ कम रहेको बताइरहेका छन् ।

रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top