८ साउन, पाँचथर ।
पाँचथर हिलिहाङ गाउँपालिका–५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका–५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् ।
बिहीबार दिउँसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो । घटनाको जानकारी पाएपश्चात ईलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।