लोकतान्त्रिक शक्ति सरकारमा आएपनि जनता भ्रष्टाचारकै शिकार: अष्टलक्ष्मी शाक्य

७ साउन ७८, शुक्रबार

८ साउन, काठमाडौँ ।
नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताएकी छन् ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताएकी हुन् ।

नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताइन् । पटक–पटक दलका सरकार आएपनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेतृ शाक्यले यी कुराहरुमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताइन् । साथै नेतृ शाक्यले सिर्जनाशील युवाहरुलाई किन बाँदर बनाएर सडकमा ल्याउनुभएको भन्दै प्रश्न गरेकी छन् । उहाँले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताएकी छन् ।

नेतृ शाक्यले भनिन्, “लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै पनि भ्रष्टाचारको शिकार बन्ने प्रताडित हुने र अहिले पनि भ्रष्टाचारले देशलाई डुबाइसकेको छ, पटकपटक सरकार फेरिए तर कहिल्यै भ्रष्टाचारको विषयमा छलफल भएन, त्यसलाई कसरी निर्मूल गर्ने भन्ने बारेमा छलफल भएन, त्यसैले यो विषय बनाउने कि नबनाउने, सुसासन कायम गर्ने कि नगर्ने ? जनतालाई सेवा दिने कि नदिने ? यी बारेमा पनि गम्भीर विषय बनाएर छलफल हुनुपर्छ । जनताको सुरक्षा र हकहितका विषयमा छलफल गर्नुपर्छ, सिर्जनाशील युवाहरुलाई बाँदर बनाएर सडकमा किन ल्याउनुभएको हो ? यसले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको छ”
नेतृ शाक्यले अब कम्युनिष्ट पार्टी भित्र यी तमाम विषयको छलफल हुनुपर्ने बताइन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top