विदेश जानेलाई प्रहरी अस्पताल र सैनिक अस्पतालमा खोप लगाइने

११ साउन, काठमाडौँ ।
विदेश जाने श्रमिक र विद्यार्थीको हकमा कोरोनाविरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने जनाएको छ ।

Advertisement

खोप लगाउनको लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयले जनाएको छ । पछिल्लो समय विभिन्न देशहरुले बाहिरबाट आउने कामदार र विद्यार्थीलाई कोरोना खोप अनिवार्य गरेको छ । यसअघि विदेश जानेहरुका लागि खोपकेन्द्र नतोकिँदा हजारौँ श्रमिकहरु विदेश जानबाट रोकिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top