प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

१२ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगबलार बिहान भेटवार्ता भएको हो ।

Advertisement

भेटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनका लागि न्यूनतम साझा सहमतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टीको आधिकारिकता विवाद र एमालेको माधव नेपाल पक्षको निर्णय अभावका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

Advertisement

जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तारबारे सत्तारुढ दलबीच छलफल भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top