सुनसरीको देवानगञ्जमा बाँदर आतंक: न गुलेली हान्दा भाग्छ नत टिन ठटाउँदा

११ साउन ७८, मंगलबार

१२ साउन, सुनसरी ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाका बासिन्दा बाँदरको उपद्रोले आजित भएका छन् । गाउँपालिकास्थित दक्षिणी बस्तीका बासिन्दाहरु दुई वर्षयता बाँदरबाट त्रस्त र आजित भएका हुन् । खेतबारीमा लगाइएका बालीनाली बाँदरले नष्ट गर्नुकासाथैै भान्सा कोठा भित्रका खानेकुरा समेत खाईदिने तथा मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी बाँदर आतंकबाट त्रसित बनेका हुन् । देवानगञ्ज गाउँपालिकाको वडा ४ दक्षिणीबस्ती कप्तानगञ्जमा प्रवाशी बाँदरहरुले स्थायी आवासको रुपमा उक्त क्षेत्रलाई प्रयोग गर्न थमालेपछि स्थानीयवासीलाई सास्ती भएको हो । दुई वर्षअघि झन्डै २ सयको संख्यामा गाउँ भित्रिएको बाँदरहरुले सागसब्जी र अन्नबाली खाईदिने तथा खेदाउने क्रममा मानिसहरुलाई समेत आक्रमण गरेर घाईते बनाउन थालेको स्थानीय सुरेन्द्र मेहताले बताए । मेहताले भने, “दुई वर्षअघि गाउँ प्रवेश गरेका बाँदरहरुले कप्ताागञ्जको शंकरपुरमा रहेको बाँसघारीलाई स्थायी आवासकोरुपमा प्रयोेग गरिरहेका छन्, रातको समयमा शंकरपुरको यो बाँसघारीमा बस्ने बाँदरहरुले दिनभर समूहमा निस्किएर देवागञ्जका विभिन्न बस्तीका किसानहरुको खेत तथा घरमा पसेर उपद्रो मच्चाउँछन्, अन्नबाली तथा शब्जी खाने मात्र होइन, जरा नै उखेलेर फालिदिन्छन् ।”

बाँदरले यतिबेला खेतमा लगाइएका बालीहरु मात्र नष्ट गरेका छैनन्, स्थानीयको भान्सामा पसेर पकाइएका खानेकुराहरु समेत खाइदिने र आक्रमण गर्ने गरेको कप्तानगञ्जका ७० वर्षीय मुंगालाल मेहताले बताए । आँगनमा सुकाइएका लुगाफाटो च्यातिदिने र मानिसहरुलाई चिथोरेर घाईते बताउने समेत गरेको उनले बताए । उनले भने , “बाँदरले खेतबारीमा लगाइएको बालीनाली नष्ट मात्र गरेको छैन, भान्सामा पसेर पकाएको खानेकुरा खाने, आँगनमा सुकाएको कपाडाहरु च्यातिदिने र मानिसहरुलाई चिथोर्नै समेत गरेको छ, म पनि एकपटक बाँदरले चिथोरेर घाईते भएको छु ।”

उपद्रो बढदै गएपछि बाँदर धपाउन स्थानीयले गरेका अनेकौँ प्रयास असफल भइरहेको बरु उल्टै बाँदरले आक्रमण गरेर घाइते भएको स्थानीय रमेश मेहताले बताए । गुलेली हान्ने र टिन ठटाउने लगायतका अनेक उपाय अपनाएपनि बाँदरको समूह अगाडी आफ्नो केही नलागेको उनले बताए । यस विषयमा गाउँलेहरुले स्थानीय प्रशासन र गाउँपालिकालाई हारगुहार गरेपनि समस्या समाधानमा कुनै निकायले चासो नदिएको मेहताले गुनासो गरे ।

प्रशासनबाट पनिचासो नदिएकोले स्थानीयहरु आफैँ मिलेर बाँदरलाई अल्मल्याउन भन्दै बाँदरको बासस्थान बाँसघारीमैं काँचो शब्जी,चिजबल र भुजा लगेर छरिदिने गरेको स्थानीयहरुले बताए । देवानगञ्जवासीलाई बाँदरको आतंकबाट मुक्ति दिलाउन स्थानीय प्रशासन र गाउँपालिकाले ठोस कदम नचालेको स्थानीयको गुनासो छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top