माधव नेपाललाई भेट्न विष्णु पौडेल पुगे कोटेश्वर

१५ साउन, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उपमहासचिव विष्णुप्रसाद पौडेलले कोटेश्वर पुगेका छन् । नेपाल निवास कोटेश्वरमा अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ ।

Advertisement

नेता नेपाललाई बिहीबार संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । अध्यक्ष केपी शर्मा ओली र नेपालबीच एकताका लागि वार्ता गराउन दोस्रो तहका नेताहरु लागी परेका हुन् ।

गएको २७ असारमा दशबुँदे सहमति कार्यदल मार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन । अध्यक्ष ओलीले कार्यदल नै विघटन गरेका छन् । तर कार्यदलका सदस्यको अनौपचारिक वार्ता भने जारी छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top