माओवादी केन्द्रले साउन ३० गतेभित्र देशभर वडा कमिटी गठन गर्ने

१७ साउन, काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)ले श्रावण ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै कमिटीहरुलाई श्रावण ३० गतेभित्र सबै वडा कमिटीको गठन गर्न र पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकमा आउने केन्द्रीय सदस्यहरुले प्रदेश कमिटीबाट अद्यावधिक विवरण लिएर आउन निर्देशन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

Advertisement

उनले भने – ‘पार्टीका सबै कमिटीहरुलाई यहीँ श्रावण ३० गतेभित्र देशभरीका सबै वडा कमिटीहरु गठन गर्न र त्यसको अध्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिई आउन निर्देशन दिने निर्णय पनि गरेको छ ।’

बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक १० दिन पर धकेल्ने निर्णय पनि गरेको छ । यसअघि पार्टीको केन्द्रीय कमिटी बैठक श्रावण २० गतेदेखि बस्ने भनिएपनि आवश्यक तयारी गर्न अझै केही समय लाग्ने भएकाले केन्द्रीय कमिटी बैठक श्रावण ३० गतेदेखि बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सरकार गठनका लागि माओवादीको तर्फबाट पठाउने मन्त्रिहरुको सम्बन्धमा निर्णय लिन माओवादीको स्थायी कमिटी बैठक सोमबार(भोली) ३ बजे पुनः बस्ने पनि उनले बताए । उनले भने–‘स्थायी कमिटीको बैठक सरकार गठनको पूर्णता सम्बन्धी विषयहरुलाई छलफल गर्न भोली पुनः ३ बजे स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको छ । आज अध्यक्ष प्रचण्डले सम्बन्धित घटकहरुसँग छुट्टाछुट्टै र सामुहिक रुपमा पनि वार्ता गर्ने निर्णय पनि गरिएको छ ।’

Advertisement

बैठकले केही दिन अघि महाकाली नदिमा भारतिय एसएसबि नेपाली नागरिक तर्दातर्दैका तुइन खुस्काइदिएका कारण एकजना बेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीउपर कारबाही गर्न र भारत सरकारसँग गम्भिर आपत्तिसहित आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउन माग समेत गरेको छ । प्रवक्ता श्रेष्ठले भने– ‘समाचारमा आए अनुसार, सूचना प्राप्त भए अनुसार भारतीय एसएसबिको तुइन खुस्काईदिने गतिविधिको कारणले नै नेपाली नागरिकले महाकाली नदीमा खस्ने र बेपत्ता हुने स्थिति उत्पन्न भएको छ । त्यसका बारेमा तत्काल छानविन गरी सम्बन्धित व्यक्तिहरुलाई कारबाही गर्न र त्यसनिम्ति भारत सरकारसँग गम्भिर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाउन पनि माग गर्ने निर्णय गरेको छ ।’

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले संविधान र लोकतान्त्रिक मूल्य, मान्यताका विरुद्ध गतिविधि गरिरहेको भन्दै माओवादीले संवैधानिक ढंगबाट लोकतान्त्रिक मूल्य, मान्यता अनुरुपको नयाँ सरकार गठन गर्ने पहल गरिरहेको पनि बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top