सरसफाईका लागि विराटनगर महामनगरको फोहर डसविनमा फालौँ अभियान सुरु

सरसफाईका लागि विराटनगर महामनगरको फोहर डसविनमा फालौँ अभियान सुरु

विराटनगर, असार २२
फोहरमैला व्यवस्थापनका लागि विराटनगर महानगरले ‘अब फोहर डसविनमा फालौँ’ भन्ने नारा सहित विशेष अभियान थालेको छ । एक कार्यक्रमका बिच मेयर भिम पराजुलीले डसविन राखेर कार्यक्रमको थालनी गरेका हुन् ।

डसविन महेन्द्रचोक देखि ट्राफिक चोक, मेनरोड हुदै तीनपैनी ,पानिटंकी देखी पुष्पलालचोक सम्म राखिने भएको छ । हाल सम्म महेन्द्रचोक ,ट्राफिकचोक हुदै गोल्छामोडसम्म २ सय डसविनहरु राखिएको छ ।

अन्य स्थानहरुमा डसविनहरु आबश्यकता अनुसार राखिने मेयर पराजुलीले जानकारी दिए । अव चुइगम,लकलेट ,विस्कुटका खोलहरु साथै विभिन्न प्रकारका फोहरजन्य पदार्थहरु डसविनमा फाल्नुपर्ने छ ।

फोहर व्यवस्थापनलाई विशेष अभियानकैरुपमा निरन्तरता दिने मेयर पराजुलीको भनाइ छ । कार्यक्रमका विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल ,संयुक्त टोल संगठनका संयोजक राजेश मास्के ,वडाध्यक्षहरु निश्चल अर्याल,मिन कुमार आचार्य ,कुमार पोखरेल, जिल्ला ट्राफिक कार्यालयका प्रमुख शिब पोखरेल ,लगायतको उपस्थिती रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.