विकास निर्माणमा हुने ढिलासुस्ती र अनियमितताको छानविन होस् : परशुराम मेघी

२१ साउन ७८, शुक्रबार

२२ साउन, काठमाडाैँ ।

राष्ट्रिय सभा सदस्य परशु राम मेघी गुरुङले विकास निर्माणका काममा ढिलासुस्ती र अनियमितता हुने गरेको भन्दै छानविनका लागि संसदीय समिति बनाउनुपर्ने बताएका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य गुरुङले विकास निर्माणको काममा ढिलासुस्ती हुने गरेको बताए ।

समयमै आयोजना सम्पन्न नहुने र समय थप्दै जादाँ आर्थि व्ययभार पनि बढ्दै जाने गरेको उनले उल्लेख गरे । उनले विकास निर्माणमा भएका काम कारबाहीहरुको प्रगति हेर्न विभिन्न ऐन, नियम र संयन्त्र भएपनि प्रभावकारी काम गर्न नसकेकाले राष्ट्रिय सभाले सर्वदलिय समिति बनाउनुपर्नेमा जोड दिए । उनले भने– ‘१५ औँ राष्ट्रिय योजनाले तयार गरेको डकुमेन्ट छन्, विकासका नीतिहरु छन्, कार्यक्रमहरु छन् । वार्षिक कार्यक्रमहरु छन् । ति सबै कुराको अनुगमन, मुल्यांकन गर्नको लागि अब राष्ट्रिय सभाको तर्फबाट सबै राजनीतिक दलहरुको सहभागितामा एउटा विशेष समितिको निर्माण गरौँ । त्यो विशेष समितिले आर्थिक वर्षको ३ महिना भित्रमा विगत वर्षको सम्पूर्ण कुराहरुको अध्ययन, अनुगमन, मुल्यांकन गरेर, त्यसलाई यो राष्ट्रिय सभामा प्रस्तुत गरेर यहाँ व्यापक त्यसलाई छलफल गरौँ ।’

उनले विकास निर्माणको कामको सम्बन्धमा प्रदेश र स्थानीय स्तरमा बेरुजु रकम खरबौँ पुग्न लागेको बताए । ति बेरुजुलाई व्यवस्थापन गर्ने कानूनी प्रवन्धको पनि अभाव भएको भन्दै उहाँले सरकार र कर्मचारीतन्त्रको कार्यशैलीमा रुपान्रण गर्नुपर्ने जरुरी रहेको बताए । उनले भने– ‘आज हामी संघीयता कार्यान्वयनको क्रममा छौँ । यो संघीयता कार्यान्वयनको चरणमा प्रदेशस्तरबाट, स्थानिय स्तरबाट, दर्जनौँ दर्जन योजनाहरु सञ्चालन भएका छन् । ति आयोजना सञ्चालन गर्ने क्रममा आज खरबौँ बेरुजुको चाङ खरबौँमा पुग्न लाग्यो भनेर रातो घण्टी बजिरहेको अवस्था छ । ति बेरुजुहरुलाई व्यवस्थापन गर्ने कानूनि प्रवन्धको पनि अभाव छ । कसरी हाम्रो कार्यशैलीहरुलाई रुपान्तरण गर्ने ? हाम्रो कर्मचारीतन्त्रको कार्यशैलीलाई रुपान्तरण गर्नुपर्ने भएको छ । सरकारको कार्यशैलीलाई रुपान्तरण गर्नुपर्ने भएको छ ।’

उनले विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गर्नुपर्ने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top