हराएका ३३ थान मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा

२२ असार ७५, शुक्रबार
Share this
707shares

काठमाडौँ असार २२

Advertisement

उपत्यकाका विभिन्न स्थानबाट हराएको ३३ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा न्युरोड, क्षेत्रपाटी, कोटेश्वर, ठमेल, पाटन, पुतलीसडक, थानकोट, नयाँबसपार्क, महाराजगञ्ज, कालीमाटीलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाबाट विभिन्न समयमा हराएका मोटरसाइकल निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए । “उपत्यकामा दैनिक दर्जनौँ दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन हराउने गरेका छन्, मानिसको लापरवाहीका कारण धेरै सवारी साधन हराउने गरेका हुन्”, उनले भने । विसं २०६६ पुस २६ गते भीमसेनगोलाबाट मे५प २९०२ नंको असिम प्रसाईंको मोटरसाइकलसमेत फेला पारेर आज सम्बन्धित धनीलाई बुझाइयो ।

Advertisement

महाशाखाका प्रवक्ता मैनालीले धेरै व्यस्त हुने ठाउँबाट सवारी साधन हराउने गरेको भन्दै पार्किङ गर्दा धेरै चनाखो हुनुपर्ने बताए।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top