२६ साउन, धनगढी ।
कैलालीमा हतियारसहित वडा अध्यक्षसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलारी गाउँपालिका -९ का वडा अध्यक्ष खेमराज चौधरी र धनगढी उपमहानगरपालिका २ का मोहित शाहलाई हतियारसहित पक्राउ गरिएको प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शंकरपुरमा उनीहरू सवार बा १७ च १२१३ नं को जिपलाई चेक जाँच गर्ने क्रममा बाह्रबोर १ थान, कार्टिज १ थान, पोईन्ट टु–टु १ थान र गोली १० राउण्ड बरामद गरिएको उनले बताए ।
दुवै जनामाथि हातहतियार खरखजना मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएकाे छ ।