‘दैनिक २ लाख खोप लगाइँदै’

२८ साउन ७८, शुक्रबार

काठमाडौं : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप अभियानलाई तीव्रता दिँदै सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू गरेको दाबी गर्नुभएको छ प्रतिनिधिसभाको विहिवार बसेको बैठकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गर्दै सांसदहरूले सबै नेपालीलाई खोपको सुनिश्चितता गर्न गरेको मागको प्रतिउत्तरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यस्तो दाबी गर्नुभएको हो ।

Advertisement

उहाँले नेपालका लागि कुल ५ करोड ५० लाख मात्रा खोपको आवश्यकता पर्ने धारणा राख्दै अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख मात्रा खोप जनतालाई उपलब्ध गराइएको र नयाँ सरकार आएपछि बुधबारसम्ममा ७५ लाख मात्रा खोप लगाइएको जानकारी दिनुभयो । उहाँले कोरोनाको संक्रमण बढेको १६ जिल्लामा सरकारले खोपको विशेष व्यवस्था गर्ने जानकारी दिँदै निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखीभन्दा पनि सेवामुखी बनाउनेमा सरकार केन्द्रित हुने बताउनुभयो ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top