स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु

३० साउन, पाल्पा ।

Advertisement

पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

Advertisement

कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकैबारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका आफ्नै छोरा धनबहादुरलाई लागेर मृत्यु भएको थियो।

गोली लाग्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले बताए। प्रहरीले कर्णबहादुरलाई पक्राउ गरिसकेको उनले बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top