पुस दोस्रो साता माओवादीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

३० साउन ७८, शनिबार
Share this
780shares

३० साउन, काठमाडौं ।

Advertisement

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो पुस ११, १२ र १३ मा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन्। काठमाडाैँमा शनिबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव पेश गरेका हुन्।

प्रचण्डले आफनो राजनीतिक तथा सांगठिनक प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गर्दै पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेकाे एक नेताले बताए।

Advertisement

प्रचण्डले भदाै मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना बैठकमा प्रस्तुत गरेका छन्।

कात्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top