मेस्सीलाई पिएसजीले टोलीमै राखेन

२९ साउन ७८, शनिबार

३० साउन, एजेन्सी ।

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्न केहि समय कुर्नुपर्ने भएको छ ।

गत साता बार्सिलोना छाडेर पिएसजीमा आएका उनलाई शनिबार राती हुने स्ट्रासबर्गविरुद्ध लिग खेलको लागि पिएसजीको टोलीमा राखिएकाे छैन ।

शिक्षक माउरिसियो पोचेटिनोले घोषणा गरेको २२ सदस्यीय टोलीमा मेस्सीसँगै डिफेन्डर सर्जियो रामोसले पनि स्थान बनाउन सकेनन् । यसै सिजन भित्रिएका गोलरक्षक जियानलुइजी डोनारुम्माले पनि डेब्युका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ ।

टोलीमा भर्खर अनुबन्ध भएका डिफेन्डर अक्रफ हाकिमी र मिडफिल्डर जिओर्जिनिओ वाइनाल्डम भने टोलीमा समेटिएका छन् । ब्राजिलियन स्टार नेयमार, डिफेन्डर मार्किन्हस, मिडफिल्डर मारको भेराट्टी र डिफेन्डर लिएन्द्रो पारेडेस पनि टोलीमा रहेका छैनन् । युरो र कोपा अमेरिकामा व्यस्त रहेका यी खेलाडी केहि समय प्रशिक्षणपछि मात्र टोलीमा फर्कने जनाइएकाे छ ।

झन्डै आधा दर्जन स्टार खेलाडी टोलीमा नहुँदापनि पिएसजीले बलियो टोलीको घोषणा गरेको छ ।

पिएसजीको २२ सदस्यीय टोली :

नाभास, रिको, फ्रान्ची, हाकिमी, किम्पेम्बे, डियालो, केहरर, बित्शिआबु, बितुमाजाला, राफिन्हा, ड्यानिलो, वाइनाल्डम, हरेरा, ड्राक्सलर, सिमोन्स, घारबी, एबिम्बे, मिचुत, सराबिया, इकार्डी, एमबाप्पे र कालिमुएन्दो

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top