भूतपूर्व गोर्खा सैनिकलाई आमरण अनसन फिर्ता लिन सरकारको आग्रह

३२ साउन, काठमाडौं ।

Advertisement

सरकारले बेलायतको राजधानी लण्डनमा भूतपूर्व गोर्खा सैनिकले थालेको आमरण फिर्ता लिन आग्रह गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

Advertisement

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धि कूटनीतिक प्रक्रिया अघि बढिसकेकाले आमरण अनशन लगायतका फिर्ता लिनका लागि भूतपूर्व गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गर्ने निर्णय भयो ।’

भूतपूर्व सैनिकहरूले समान अधिकारको माग राख्दै आमरण अनशन थालेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top