तुइन काटिएपछि व्यासमा खाद्यान्न ढुवानी हुन सकेन

३१ साउन ७८, सोमबार

३२ साउन,कञ्चनपुर ।

यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सबै तुइन काटेपछि सो क्षेत्रमा खाद्यान्न अभाव भएको हो । यहाँका नागरिक भारतीय बजारमा निर्भर छन् ।

भारतीय बजारबाट तुइनका माध्यममा दैनिक उपभोग्य लगायत खाद्य सामग्री ढुवानी गर्दै आएकामा एसएसबीले कडाइ गरेपछि ढुवानी हुन नसकेको हो । खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँपालिकाका वडा नं २, ३, र ४ मा खाद्यान्न अभाव भएको हो ।

“गाउँको खेतले तीन महिनासमेत खान पुग्दैन”, मालका स्थानीय कल्यानसिंह धामीले भने, “गाउँमा चामल पाउँदैन, नेपालतिर खच्चड हिँड्न समेत बाटो छैन्, सुनसेराभन्दा माथिल्लो क्षेत्रमा पहिरोका कारण खाद्यान्न लिन सकिएको छैन, पहिरो गएको छ, ठाउँ ठाउँमा भत्किएको छ ।”

खाद्यान्न नहुँदा अहिले स्थानीयवासीले दुई दिन लगाएर नेपालकै बाटो भएर खलङ्गा आउनुपरेको छ । खलङ्गाबाट दुई दिन लगाएर खाद्यान्न ढुवानी गर्नुपरेको स्थानीयवासी नरेन्द्रसिंह धामीले बताए । “आफ्नै भूमि भएर जान निकै कठिन छ, तिङ्कर सडकमा गाडी चल्दैनन्, गाडी नै नभएपछि अहिले यहाँको जनजीवन कष्टकर बनेको छ” उनले भने ।

व्यास– ३ का दीपक डडालले समयमै खाद्यान्न ढुवानी हुन नसके सङ्कटले भयावह रुप लिने बताए । केही ठाउँमा चामल भेटिए पनि व्यापारीले चर्को मूल्य लिने गरेको उहाँ बताउँछन् । “यहाँका सबै वडामा खाद्यान्न अभाव हुँदैछ”, डडाल भन्छन्, “खाद्य डिपोमा चामल छैन् ।”

मालका स्थानीयवासीले जयसिंह धामी बेपत्ता विषयमा सरकारले गठन गरेको छानबिन समितिलाई समेत गाउँमा खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । तुइन हुँदा दिनहुँ भारतीय बाटो हुँदै गाउँमा खाद्यान्न ढुवानी हुने गरेको थियो । यहाँका बासिन्दालाई नजिकिँदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर दैनिक छाक टार्न पनि धौधौ छ ।

“पैदल हिँडेर सदरमुकामबाट सामान ल्याउन सक्ने अवस्था छैन्”, दुम्लीङका बासिन्दा प्रभात बुढाथोकीले भने, “विगतमा समान सकिने वित्तिकै महाकाली पारी भारतका पसलमा गएर समान ल्याउँथ्यौँ, गाउँमा खाद्यान्न नभएपछि गाउँलेको भेला बसी गाउँपालिका र सरकारसँग तत्काल हेलिकप्टरमार्फत भए पनि खाद्यान्न ढुवानी गर्न हामीले माग गरेका छौं ।”

गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले गाउँमा खाद्यान्न अभाव भएकाले ढुवानीका लागि सङ्घीय सरकारसँग माग गरिएको बताए । उनले व्यासको तिङ्कर र दुम्लीङमा खाद्य बिक्री केन्द्र स्थापना गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ज्ञापन बुझाइएको जानकारी दिए । नेपालतिरबाट तिङ्कर पुग्न बाटो नहुँदा गतवर्ष ५०० क्वीन्टल खाद्यान्न ढुवानी गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । अहिले तत्काल हेलिकप्टरको व्यवस्थापन गरेर भए पनि गाउँपालिकाका चार वडाका लागि खाद्यान्न ढुवानी गर्न माग गरिएको उनले बताए ।–नरेन्द्रसिंह कार्की/रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top