३० साउन, एजेन्सी।
अफगानिस्तानको काबुल विमानस्थलामा गोली लागेर ३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गोलाबारी कसले गर्यो भन्नेबारे केही खुलेको छैन ।
विमानस्थलमा धेरै भीड भएपछि यसअघि अमेरिकी सेनाले पटक पटक हवाइ फायर गरेका समाचारहरु बाहिरिएका थिए । आफ्ना नागरिकहरुको उद्धारका लागि भन्दै काबुल विमानस्थललाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर राखेको छ ।
