कोरोना महामारी नियन्त्रणका लागि राज्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन

३ भदौ, काठमाडौं ।
सरकारले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत साउन २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयअनुसार कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि समिति गठन गरिएको हो।

Advertisement

समिति उपाध्यक्षमा स्वास्थ्य सचिव रोशन पोखरेल छन् भने सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंह छन्। सदस्यहरुमा स्वास्थ्य सेवा विभागका महानिर्देशक आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा प्रवक्ता कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन रुद्र मरासिनी छन्। सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखा प्रमुख गुणराज लोहनी छन्।

सरकारले यो उच्चस्तरीय समितिलाई ८ बुँदे कामको जिम्मा दिएको छ । समितिले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न सीमानाकामा हेल्थ डेस्क संचालन, क्वारेन्टाइन, परीक्षण, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आपूर्ति तथा अभियान संचालन, औषधि, औजार उपकरण खरिद तथा आपूर्ति व्यवस्थापन लगायतका विषयमा नीतिगत निर्णय गर्ने छ ।

Advertisement

साथै, नन–कोभिड बाहेकका नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहलाई सुचारु गर्न आवश्यक नीतिगत निर्णय गर्ने, सबै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने काम पनि समितिले गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top