×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्थानीय निकायलाई प्रभावकारी बनाउन कुनै कमजोरी गरिँदैन ः मन्त्री पण्डित

२४ असार २०७५

काठमाडौँ, २४ असार

सरकारले स्थानीय तहलाई काम कारबाहीमा सहजीकरण गर्न ३८ वटा कानूनको ढाँचा तयार गरी उपलब्ध गराएको छ । जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहलाई बलियो, प्रभावकारी एवं साधन र स्रोतले सम्पन्न गराउन नीतिगत व्यवस्थालाई विशेष जोड दिइएको हो । त्यसमा स्थानीय तहलाई बलियो, प्रभावकारी र जनमैत्री बनाउन सहयोग पुग्ने कानून रहेका छन् ।

Advertisement
Advertisement

बजेट परिचालन, आयोजना छनोट, अनुदान तथा अन्य प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । स्थानीय तहलाई नागरिकको सेवासँग जोडनका लागि कर्मचारीको सहज उपलब्धता र कार्यान्वयनमा विशेष जोड दिइएको जानकारी दिँदै संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनतालाई केन्द्रमा राखेर दिगो विकासको लक्ष्य, राष्ट्रिय तथा क्षेत्रीय नीति तय गरिएको बताए ।

पछाडि परेका वर्गको संरक्षण, सशक्तीकरण, समावेशी, समतामूलक विकास तथा सहभागितालाई विशेष जोड दिइएको उल्लेख गर्दै उहाँले पूर्वाधारको विकास र क्षमताको अभिवृद्धिलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे । नेपालमा संघीयता नयाँ अभ्यास भएकाले गर्दै सिक्दै जाने अवस्था रहेकाले सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

उनले स्थानीय तथा प्रदेश सरकार मातहत पठाइने कर्मचारीको रोष्टर तय भइसकेको, धेरैजसो स्थानमा कर्मचारी पठाइसकेको र केही स्थानमा बाँकी रहेको पाइए ती स्थानमा समेत कर्मचारी पठाइने जानकारी दिए ।मन्त्री पण्डितले महिला अधिकृतलाई सम्बन्धित स्थानीय निकायमा खटाइएको र उनीहरुलाई कानूनले तोके बमोजिमको जिम्मेवारी प्रदान गरिने स्पष्ट पारे।

उनले संविधानले व्यवस्था गरेको तीनवटै तहको निर्वाचन सम्पन्न भई मुलुक अगाडि बढिसकेकाले अबको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको उल्लेख गरे ।
रासस

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top