ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा दुई पक्राउ

५ भदौ ७८, आइतबार

६ भदौ, धनुषा ।

नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मिथिला नगरपालिका–७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका–७ बस्ने महोत्तरी बर्दिवास नगरपालिका–१२ घर भएका ३७ वर्षीय नथु भन्ने मनिराज परियार र मिथिला नगरपालिका–६ बस्ने ढल्केबरस्थित एमके मेटल स्टोरका संचालक ६९ वर्षीय नन्दकिशोर ताम्राकार रहेका छन् ।

उक्त विद्युत प्राधिकरण प्रसारण निर्देशनालय ढल्केबर सव–स्टेशन परिसरमा ४ सय केभी नेपाल–भारत विद्युत व्यापार आयोजनाको स्टोर गरि राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट परियारले होक्सो व्लेडले तार काटि रहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय ठल्केबरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा परियारले तार चोरी गरी एमके मेटल स्टोरमा बिक्री गरेको भनी खुल्नआएपछि उक्त पसल तलासी गर्दा ३ लाख रुपैयाँ मुल्य बराबरको अन्दाजी २ सय ८६ केजी नाङगो तामाको तार फेला पारी ताम्राकार समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top