लागूऔषध राखेर ‘निर्दोष’ पत्रकारलाई फसाउन खोज्ने दुई घुमुवा प्रहरी निलम्बित

७ भदाै, काठमाडौं ।

‘निर्दोष’ पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ ।  रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउनका लागि प्रहरीकै योजानमा उनीहरु सवार मोटरसाइकलमा लागूऔषध राखिएको पुष्टि भएपछि निलम्बन गरिएकाे हाे ।

प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Advertisement

गत साउन ३२ गते मोटरसाइकलमा राखिएको लागूऔषध नाइट्राभेट १०५ ट्याब्लेटसहित पत्रकारद्वय मोजिबुल्लाह र शेखलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरु दुईजना निर्दोष पाइएको प्रहरीले जनाएको छ।

एसपी सिद्धिविक्रम शाहका अनुसार मोजिबुल्लाह र शेखलाई फसाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनीको निर्देशन उक्त मोटरसाइकलमा लागूऔषध राख्न लगाइएको थियो।

लागूऔषध राख्न सहनीले रौतहट माधवनारायण नगरपालिका-१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका-१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई प्रयोग गरेको पाइएको एसपी शाहले जानकारी दिए। लागूऔषध राखेपछि उनीहरुले रौतहटमै कार्यरत सादा पोशाकका असई उदयप्रसाद यादव र जवान मनोज साह कानुलाई बोलाई पक्राउ गर्न लगाएका थिए।

लागूऔषध राख्ने धिरज र जितेशलाई भने अपराधिक षड्यन्त्र लागूऔषध मुद्धामा अदालतबाट ७ दिनको म्याद लिएर अनुसनधान सुरु गरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top