एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

८ भदौ, काठमाडौँ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठक १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन केन्द्रित हुने बताइएको छ । सोमबार विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.