एमाले स्थायी कमिटी बैठक सुरु, माधवको साथ छाडेका नेताहरु पनि सहभागी

८ भदाै, काठमाडौँ ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको एमाले केन्द्रिय कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

Advertisement

बैठकमा माधवकुमार नेपालको साथ छाडेका एमाले स्थायी कमिटी सदस्यहरु पनि सहभागी भएका छन्।  पार्टी विवादमा लामो समयदेखि नेता नेपालको पक्षमा उभिँदै आएका नेताहरु युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले सोमबार दिउँसो ओली निवास बालकोट पुगेर उनीसँग सहमति गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top