अफगान मुद्दामा मोदी र पुटिनबीच छलफल

८ भदाै, एजेन्सी।

अफगानिस्तानमा उब्जिएको पछिल्लो घटनाक्रमबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता भएको छ । मङ्गलबार बिहान उनीहरबीच  टेलिफोन कुराकानी भएको हो ।

छलफलमा दुबै नेताबीच अफगानिस्तानको पछिल्लो अवस्थाबारे चर्चा गरेका हुन् । समाचार संस्था एएनआईका अनुसार मोदी र पुटिनबीच करिब ४५ मिनेट लामो टेलिफोन कुराकानी भएको थियाे।

प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँगको वार्तालाप गरेको फोटोसमेत ट्वीटरमा साझा गरेका छन्। उनले ट्वीटमा लेखेका छन्,“अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे मेरा मित्र राष्ट्रपति पुटिनसँग विस्तृत र उपयोगी छलफल भएको छ । हामीले द्विपक्षीय एजेण्डा, कोभिड १९ विरुद्ध भारत र रुसबीच समन्वय सम्बन्धमा समेत छलफल गर्दै महत्वपूर्ण मुद्दामा आपसमा समन्वय गर्न सहमत भएका छौं ।”–उनले ट्वीटमा उल्लेख गरेका छन् ।

तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि भारतले आफ्नो कूटनीतिज्ञसहित भारतीय नागरिकलाई फिर्ता गरिसकेको छ । तालिबानबारे भारतले अझै आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top