फुटपछिको एमाले केन्द्रीय कमिटी बैठकः कति औं भन्नेमा नै मौन!

१० भदौ, काठमाडौं ।

औपचारिक रूपमा विभाजन भएको भोलिपल्ट बसेको एमालेको केन्द्रीय कमिटी बैठक कति औं बैठक हो भन्ने विषयमा मौन बसेकोे छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रसँग ३ जेठ २०७५ मा भएको एकता अनुमोदन गर्न एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो । सर्वोच्च अदालतले गत २८ असारमा एकीकृत भएर बनेको नेकपालाई आधिकारिकता दिन इन्कार गर्दै एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेले १०औं केन्द्रीय कमिटी बैठक डाकेको थियो ।

असन्तुष्ट बनेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहबिनै एमालेले यसअघि १८ असारमा १३औं केन्द्रीय कमिटी बैठक बसेको थियो ।
असन्तुष्ट भनिएका उपाध्यक्ष वामदेव गौतमसमेत सहभागी सो बैठकलाई १०औं बैठक मान्ने सहमति भए पनि बैठकको ब्यानरमा १३औं उल्लेख थियो ।

ओली पक्षधर नेताहरूले नेपाल समूहका नेतासँग ३ जेठको अवस्थाबाट बैठक डाक्ने सहमति गरेका थिए । सो सहमतिअनुसार १०औं बैठक हुनुपर्ने थियो । तर एमालेले त्यो बैठकलाई १३औं भनेको थियो ।

अनेकौं विवादपछि माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । नेपालसँग एकता वार्ताका क्रममा १० बुँदे सहमति भयो । तर सो सहमतिलाई नेपालले मानेनन् ।

नेपाल समूहको तर्फवाट वार्तामा सहभागी नेता भीम रावललगायतका नेताहरू र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने र ३ जेठको अवस्थाबाट पार्टीलाई अघि बढाउने सहमति भयो ।

सोही सहमतिअनुसार विगतमा नेपाल पक्षमा खुलेका नौजना स्थायी कमिटी सदस्य हिजोको स्थायी कमिटी बैठकमा सहभागी भए । १० बुँदे सहमतिअनुसार स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज बसेको केन्द्रीय कमिटी बैठक १०औं हुनुपर्ने हो । तर तुल्सीलाल स्मृति प्रतिष्ठानम बिहीबार जारी बैठकको ब्यानरमा भने केन्द्रीय कमिटीको कति औं बैठक भनेर केही खुलाइएको छैन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top