हामी सरकारमा सहभागी हुनेछौं – माधव नेपाल

१० भदौ, काठमाडौं ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् ।

निर्वाचन आयोगमा दल दर्ता भएपछि बिहिबार दिउँसो नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले सरकारमा सहभागि हुने बताएका हुन् ।

Advertisement

‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं,’ उनले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’

उनले नेपाल कृषि प्रधान देशका भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दावी गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top