गएको वर्ष नौ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिने ६२ प्रतिशतले घटे

९ भदौ, काठमाडौं ।

Advertisement

गएको आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम (रेमिट्यान्स) ९ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गएको वर्ष नौ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

कोरोना महामारीका कारण विदेशमा धेरै नेपालीको रोजगारी गुम्ने र उनीहरूले पठाउने रेमिट्यान्स घट्ने अनुमानका बीच पनि नौ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ८ दशमलव २ प्रतिशतले बढेर आठ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

Advertisement

यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६२ दशमलव ८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि गएको वर्ष ४६ दशमलव ८ प्रतिशतले घटेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top