पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० भदौ ७८, शुक्रबार

११ भदाै, सुनसरी ।

Advertisement

सुनसरी कोशी गाउँपालिका- ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडी सवार घाईते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी महादेवा गाउँपालिका- ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २ -०३-००१ च ३००७ नम्बरको पिकअप ले विपरीत दिशाबाट आउँदै गरेको प्र २ -०१-००२ प ५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाइकल चालक राम नाथको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा हिँजो दिउसो साढे १२ बजे मृत्यु भएको थियो । मोटरसाईकल पछाडी सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका- ११ का १९ बर्षीय सन्तोष कुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा- ९ का २३ बर्षीय अंश कुमार साह प्रहरीको नियन्त्रणमा रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएकाे छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top