कृषिमा आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग अपरिहार्य : प्रधानमन्त्री देउवा

१२ भदाै, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि र पशुपालनमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक रहेको बताएका छन् ।

विश्वविद्यालय सभाको नवौँ साधारण बैठकमा सम्बोधन गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले यस्ता विषयलाई पर्यावरण र दिगो विकाससँग जोड्दै अनुसन्धानका आधारमा नीति निर्माण गर्न विश्वविद्यालय सक्षम र सहयोगी हुने विश्वास व्यक्त गरे ।

कृषि, शिक्षा तथा प्रसारलाई एकीकृत रुपमा सञ्चालन गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले आधुनिक कृषि र वन प्रविधिलाई विश्वविद्यालयका विद्यार्थीमार्फत कृषक एवं वन उपभोक्तासमक्ष पु¥याउन विश्वविद्यालय सक्षम होस् भन्ने अपेक्षा गरे ।

विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी मुलुकको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने उनको विश्वास थियो । नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान लगायतको प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न यो विश्वविद्यालय स्थापना गरिएको हो ।

यस विश्वविद्यालयले विभिन्न प्रदेशहरूमा सात वटा कृषि सङ्काय र एक वन विज्ञान सङ्काय अन्तर्गतको कलेज र दुई कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आइसकेको छ भने कर्णाली प्रदेशको दैलेखमा पनि यसै शैक्षिक वर्षबाट कृषि विषयमा स्नातक तह कार्यक्रम सञ्चालन भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top