हुप्सेकोटमा पहिरोमा बेपत्ता फेला परेनन्

१२ भदाै, कावासोती।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चार घरेमा पहिरो जाँदा बेपत्ता भएका तीन जना अझै फेला पर्न सकेका छैनन् । बिहीबार राति पहिरोमा परि बेपत्ता भएका एकै परिवारका तीन जना अझै फेला पर्न नसककेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।

शुक्रबार दिनभर उनीहरुको उद्धारमा सातजना प्रहरीको टोली खटिएको थियो ।  शनिबार विहानबाटै उद्धार कार्य जारी राखेको भए पनि अझै फेला पार्न सकिएको छैन । निरन्तर वर्षा भएकाले उद्धारमा समस्या भएको जनाइएकाे छ ।

पहिरोमा परी बेपत्ता भएको खोजी कार्यका लागि थप टोली परिचालन गर्न लागिएको मल्लले बताए । थप ५० जना सुरक्षाकर्मीको टोली पहिरोमा पुरिएकाको खोजीका लागि पठाएको प्रमुख मल्लले बताए । एक्साभेटरको प्रयोगमा खोजी गरे सहज हुने भए पनि पहाडी क्षेत्र भएकाले घटनास्थलसम्म साधन पुर्याउन गाह्रो हुने हुँदा सुरक्षाकर्मीको थप टोली परिचालन गर्न लागिएको उनले जानकारी दिए ।

पहिरोमा परी हस्तबहादुर पुलामीका श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनीहरू ७ वर्षीया भुमिसार पुलामी र छ वर्षीया देउमाया पुलामी वेपत्ता भएका हुन् । हस्तबहादुरको भने स्थानीय र सूरक्षाकर्मीको टोलीले उद्धार गरेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top