माधव र झलनाथको कार्यकाल एमालेका लागि बिर्सनलायक : महेश बस्नेत

१२ भदाै, काठमाडौं ।

नेकपा एमालेका नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतले माधव नेपाल र झलनाथ खनालको नेतृत्वकाल एमालेका लागि बिर्सनलायक अवधि भएको बताएका छन् ।

ललितपुरमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल र खनालको नेतृत्वकाल बिर्सनलायक भएकाे र मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओलीको नेतृत्व एमाले र मुलुकका लागि गर्व गर्न लायक अवधि रहेको बताए ।

उनले भने– माधव नेपालको १५ वर्ष र झलनाथ खनालको १३ वर्ष एमालेका लागि विर्सनलायक समय हो । उनीहरुको कारण एमालेको शीर निहुरेको थियो । हामीले गर्व गर्ने नेतृत्व भनेको मनमोहन, मदन भण्डारी र केपी ओली हुन् ।

‘नेकपा एमाले, न पोथी न भाले’ को अवस्थामा माधव नेपालले एमालेलाई तल झारेको उनकाे आरोप छ ।बस्नेतले केपी ओली दिल्लीमा उपचार गर्न जाँदा झलनाथ र माधवले मरे हुन्थ्यो भनेर धुप हालेको आरोप लगाए ।

बस्नेतले एमालेमा मिल्ने भन्दा पनि निल्ने उद्देश्यले एकतामा आएका प्रचण्डको एमाले निल्ने प्रयास सफल नभएपछि माधव नेपाललाई लिएर बाहिरिएको बताए ।

माधव नेपालले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रचण्ड र शेरवहादुर देउवाको पाउमा जिम्मा लगाउन खोजेको भन्दै उनले कसैले पनि एमाले छाडेर माधवको पार्टीमा गएमा राजनीतिक भविष्य सिद्धिने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top