सर्पदंशबाट एकको मृत्यु

२६ असार ७५, बुधबार

लहान, असार २७

Advertisement

विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन् । घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो ।

सर्पले टोकेलगत्तै उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा भर्ना गरिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लग्दैगर्दा बाटोमै उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top