मोरङ, असार २७
प्रहरीले मोरङको बेलबारीबाट मंगलबार घरेलु मदिरा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको क्युआरटी टोलीले मंगलबार बिहान बेलबारी नगरपालिका ११ नलबारीबाट एक सय दश लिटर घरेलु मदिरा बरामद गरेको हो।
साइकलमा मदिरा बोकेर बेच्न लैजाँदै गरेका मानिसहरु प्रहरीको टोलीलाई देख्नासाथ मदिरा छाडेर भागेका थिए।