×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

अमेरिकामा ‘आइडा आँधी’को त्रास, घर भित्रै थुनिन अपील

१४ भाद्र २०७८

१४ भदाै, एजेन्सी ।
अमेरिकाका समुद्र तटीय क्षेत्रहरु हरेक वर्ष जसो नै शक्तिशाली आँधीसँग जुध्दै आएका छन् । त्याहाका सानातिना सामुद्रिक आँधीलाई सामान्य रुपमा लिइन्छ तर यतिबेला भने अमेरिकाको लुइजियाना क्षेत्र हालसम्मै सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधीसंग जुधिरहेको छ । आइडा नाम दिइएको आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ ।

आँधीका कारण अहिले लुइजिआनाका सात लाख ५० हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । न्यू अर्लियन्समा पूर्ण रुपमा विद्युत आपूर्ति बन्द भएको छ । स्थानीय समय अनुसार आइतबार बेलुका लुइजिआनाको तटीय क्षेत्रमा ल्याण्डफल गर्दा आइडा आँधीका कारण २४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको जनाइएको छ ।

Advertisement
Advertisement

स्थानीय प्रशासनले सुरक्षित स्थानमा नगएकाहरुलाई सेल्टर तयारी अवस्थामा राख्न सुझाव दिएको छ । दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन् । आँधीका कारण आएको तीव्र गतिको हावाले ढालेको रुखले च्याप्दा बाटन रफ क्षेत्रमा एकजनाको ज्यान गएको छ । न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको थियो । सन् २००५ मा आएको शक्तिशाली क्याट्रिना आँधीका कारण नराम्रोसँग प्रभावित भएको न्यू अर्लियन्समा त्यो बेला १८ सयजना भन्दा बढीको ज्यान गएको थियो । अहिले सम्भावित जोखिमविरुद्ध सो शहर कत्तिको तयार छ भन्ने पनि यो आँधीले थाहा हुने ठानिएको छ ।

राष्ट्रपति जो बाइडेनले आइडा आँधी अति खतरनाक हुन सक्ने बताएका छन् । बाइडेनले आपूर्ति पुनः स्थापित गर्नका लागि केही हप्ता लाग्न सक्ने बताएका छन् । यद्यपी मौसमविद्हरूले आइडा अलिकति कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन् । तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएका छन् । गल्फ अफ मेक्सिकोमा गएको हप्ता देखिएको गर्मीका कारण आइडा आँधी शक्तिशाली बनेको बताइएको छ ।

मेक्सिकोको खाडीस्थित न्यानो पानी भएका क्षेत्रबाट आइडाले शक्ति आर्जन गरेको थियो । आँधीले न्यूअर्लियन्सको दक्षिणमा रहेको पोर्ट फोर्सन् नजिकको जमिनमा क्याटगोरी फोरको आँधीका रूपमा अवतरण गरेको थियो जसको अर्थ यसले गम्भीर क्षति पु¥याउने आँकलन गरिएको थियो । अमेरिकी राष्ट्रिय मौसम विभागले न्यूअर्लियन्सका बासिन्दालाई घरभित्रका झ्याल नभएका कोठामा जान र भित्रै बसिरहन सुझाव दिएको छ । आँधीका कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top