खोपपछि एन्टिबडी जाँच गराउनु राम्रो

१४ भदौ ७८, मंगलबार

काठमाडौँ : कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित हुनुभयो लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उहाँलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उहाँलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।

Advertisement

डङ्गोल भन्नुहुन्छ, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एकान्तबास बस्दाको अवस्थामा उहाँलाई त्यति कठिन भएन तर सङ्क्रमित उहाँकी दिदीलाई भने सघन कक्षमा राखेर उपचार गर्नु प¥यो । चिकित्सकहरूले कोरोनाविरुद्धको खोप नलगाएका कारण गाह्रो भएको अनुमान गर्नुभएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार खोप लगाएपछि आफूमा केही लक्षण वा साइड इफेक्ट नदेखिएमा खोपले काम नै गर्दैन होला भनेर भ्रम पाल्नु हुँदैन । उहाँ भन्नुहुन्छ, “कसैमा लक्षण देखिने, नदेखिने हुन्छ तर खोपले काम गर्छ । औषधिले काम गर्छ वा गर्दैन भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ ।” कोभिडको खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो हुने डा. पुनको सुझाव छ ।, यो समाचार आजको गोरखपात्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top