शैक्षिक प्रमाणपत्र जाली भेटिएपछि १० विद्यार्थीको एमबीबीएस छात्रवृत्ति कोटा हटाइयो

१४ भदौ ७८, मंगलबार

काठमाडौं : चिकित्सा शिक्षाअन्तर्गत ४५ प्रतिशत आरक्षण छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गर्ने तयारीमा रहेका १० विद्यार्थीको नाम छात्रवृत्ति कोटाबाट हटाइएको छ । आयोगको आइतबार बसेको कार्यकारी समितिको बैठकले ती विद्यार्थीको शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा जाली भेटिएपछि चिकित्सा शिक्षा आयोगले उनीहरूको नाम छात्रवृत्ति कोटाबाट हटाएको हो ।

Advertisement

आयोगले आदिवासी जनजाति र थारू कोटाबाट परीक्षा दिएका अमनकुमार चौधरी, खस आर्य र पीछडिएका क्षेत्रबाट वीरेन्द्र धिताल, गगन प्याकुरेल, लकसन शाही, खस आर्यबाट सुजन घिमिरे र यसअघि खस, आर्य र पीछडिएको क्षेत्रबाट बीडीएसमा समेत छात्रवृत्तिमा नतिजा निकाल्न सफल भएका सूर्यकिरण जोशीको नाम योग्यता सूचीबाट हटाएको हो ।

त्यस्तै, महिला आदिवासी र जनजाति कोटाबाट एमबीबीएस र बीडीएसमा छात्रवृत्तिमा नाम निकालेकी स्मारिका श्रेष्ठ, एमबीबीएसमा महिला, दलित र दलित महिला कोटामा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति कोटामा उत्तीर्ण स्वस्तिका सुन्दासको नाम आरक्षण कोटाबाट हटाइएको छ ।

Advertisement

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी विद्यालयमा अध्ययन गरेका परीक्षार्थीले सरकारी विद्यालयमा अध्ययन गरेको कागजात पेस गरी आरक्षण कोटाको परीक्षा दिएको फेला पारेपछि ती विद्यार्थीको नतिजा आरक्षणतर्फको योग्यता सूचीबाट हटाइएको जानकारी दिनुभयो ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top